कोहलपुर,३ माघ/ कोहलपुरका एक १५ वर्षिय बालकले आफ्नो जन्म दिनको अवसरमा अस्पतालमा भर्ना भएकी एक विपन्न महिला विरामीलाई नगद पाँच हजार सहयोग गरेका छन् ।
कोहलपुरका ती १५ वर्षिय रजत गौडेलले आफ्नो जन्म दिन मनाउन अभिभावकले दिने रकमलाई फजुल खर्च नगर्ने बरु यस्तै विपन्न तथा गरिबहरुलाई सहयोग गर्ने बताएका छन् ।
कोहलपुर नगरपालिका–२ निवासी ४८ वर्षकी मिना नेपाली बादी विरामी भएर ७ दिनदेखि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी छन् ।
अति विपन्न परिवारकी बादी औषधी उपचार गर्न समेत धौ–धौ परिरहेको अवस्थामा छिन् । अति विपन्न भएको र सक्दो सहयोग गरिदिन वडापालिका र कोहलपुर नगरपालिकाले समेत बादीलाई सिफारिस गरिदिएको छ ।
प्रकाशित मिति : २०७४ माघ ३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्