नेपालगञ्ज,२५ पुस/ नेपालगन्जसँग जोडिएको भारतीय सिमावर्ती बजार रुपैडिहामा सवारी दुर्घटनामा परेर एक नेपालीको मृत्यू भएको छ भने १ जना गम्भिर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार भारतीय नम्बरको ट्रक र नेपाली नम्बर प्लेटको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
सोमबार भएको दुर्घटना परेर मोटरसाइकलमा सवार बाँके जानकी गाउँपालिका ३ का राकेश बर्माको मृत्यू भएको छ भने सोही ठाउँका पवन बर्मा गम्भिर घाइते भएका छन् ।
भारतीय प्रहरीका अनुसार यूपी ३२ एचएन ३२०० नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा भे ७ प ४५९५ नम्बरको मोटरसाइकल ट्रकसँग ठक्कर खाएको थियो ।
प्रकाशित मिति : २०७४ पुस २५ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्