ववई चेपाङमा आइएमई सेवा सञ्चालन, स्थानीय हर्षित



डिल्ली शाही, बर्दिया, पौष २४ गते, वर्दियाको वाँसगढी नगरपालिका –१ ववई चेपाङमा आइएमई सेवा सञ्चालनमा आएको छ । वैकिङ सेवा सुरुभएपछि स्थानीय हर्षित भएका हुन् । ववई चेपाङ, चेपाङ, भङ्गा, वाटुले, कुरुले, हात्तिखाल, गेरुवानी तगायतका अधिकांस युवा वैदिशिक रोजगारका लागि वाह्य मुलुकमा भएपनी वैकिङ सेवा नहुँदा गाउँमा रहेका आफन्तलाई पैसा पठाउन समस्या रहेको थियो ।
स्वदेश तथा विदेशमा रहेका आफन्तले पठाएको पैसा झिक्न र पठाउन सहज भएपछि यस क्षेत्रका मानिसहरु वाँकेको कोहलपुर र सुर्खेतको छिन्चु जानु पर्ने वाध्यता हटेको स्थानीयले बताएका छन् । आफ्नै घरआगनमा आइएमई मनि टान्सफर सेवा संचालनमा आएपछि स्थानीयहरु बाँके र सुर्खेत धाउने बोझिलो झन्झटबाट मूक्ति मिलेको आइएमईका संचालक शर्माले बताए । आइएमई सेवा सञ्चालन भएपछि ववइको चेपाङ, भङ्गा, वाटुले, कुरुले, हात्तिखाल, गेरुवानीका वासिन्दाहरु प्रत्यक्षरुपमा लाभन्वित भएको वडा अध्यक्ष जयराज पाण्डेले वताए । पाण्डेले यस क्षेत्रमा पहिले देखि नै आइएमइ सञ्चालन गर्ने आफनो योजना रहेकाले अहिले पुरा भयो, अवको केही दिनमै सहकारी वैंक सञ्चालनमा ल्याउने पनि योजना अगाडि सारेको वताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार