बर्दिया,२४ पुस/ बर्दियाको ठाकुरबाबा नगरपालिका–९, बेतहनीमा चुरोटबाट सल्केको आगोले एक वृद्धाको मृत्यु भएको छ ।
बिस्तारामै चुरोट पिउँदै गर्दा सिरकमा सल्केको आगोले ठाकुरबाबा नगरपालिका–९ बेतहनी की ७० वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
लामो समयदेखि प्यारालाइसिस बिरामी भएर बिस्तारामै रहनुभएकी उनको शनिबार राति चुरोट पिउने क्रममा चुरोटबाट सल्केको आगोले जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार









प्रतिक्रिया दिनुहोस्