काठमाडौं,२१ पुस/ सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई हटाएको छ ।

उनको ठाउँमा शासकीय सुधार महाशाखाका उपसचिव डिल्लीराम शर्मालाई लगिएको छ ।
२ दिनअघि पन्थीको हवाला दिदैं विभिन्न सञ्चारमाध्यमले सातै प्रदेशको अस्थायी मुकाम तोकिएको जनाएका थिए । उनी प्रधानमन्त्री कार्यालयमा रहेर संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । –Imagekhabar
प्रकाशित मिति : २०७४ पुस २१ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्