कविन्द्र परियार : कोहलपुर,२१ पुस/ बाँकेको राप्तीसोनारी —९ ढकेरीकी १४ वर्षिया कामला वली जन्मदै शारिरीक रुपमा कम्जोर थिइन । उनी अरुको साहारा विना कुनै हिड्डुल गर्न पनि सक्दैन्थिइन । उनलाई अरुकै सहारा चाहिन्थ्यो ।
साना हुँदा रुकुममा नजिक विद्यालय भएका कारण उनी साथीहरु र शिक्षहरुको साहारामा विद्यालय जान्थिन । उनीले रुकुमबाट कक्षा ३ सम्म अध्ययन पुरा गरिन । तर जब उनी स–परिवार सहित २०६८ सालमा बसाइसराइ गरी साविकको महादेवपुरी आइन ।
त्यसपछि भने उनको पढ्ने रहर अधुरै रह्यो । कुरा घर देिख विद्यालय टाढा थियो भने अर्को तर्फ उनी ठुली भएका कारण बोकेर विद्यालय लैजान सम्भव थिएन ।
करिब ३ वर्ष सम्म उनले घरमै स्वअध्ययन गर्न थालिन । आफु सँगैका साथीहरु विद्यालय जाँदा उनको मन कुड्न्थ्यिो । अरु विद्यालय जाँदा उनलाई पनि जाउ– जाउ लाग्थ्यो तर उनको स्वास्थ्यका कारण त्यो सम्भव थिएन । तर पनि उनीलाई विद्यालय जाने रहर भने झन– झन बढिरहेको थियो ।
जब उनले अपाङ्ग नवजीवन केन्द्र कोहलपुरबाट ह्विलचियर पाइन ,त्यसपछि भने कमलाको खुसीको सीमा रहेन । उनी त्यहीको जनता माध्यामिक विद्यालयमा कक्षा ४ मा भर्ना भइन ।
अरुलाई ह्विलचियर धकेल्न पठाएर भएपनि उनी विद्यालयमा नियमित विद्यालय जान थालिन । अहिले आफै चलाउन सक्ने ह्विलचियरमा पाएपछि आफै ह्विलचियर चलाएर नियमित विद्यालय जान्छिन । जनता मा.वि.स्कुलमा कक्षा ५ मा अध्ययन गरिरहेकी कमला निकै राम्रो चित्र बनाउछिन् ।
भविष्यमा उनी चित्रकार बन्ने लक्ष्य रहेको बताउछिन् । विद्यालयका प्रधानाध्यापक भद्र बहादुर के.सीले उनी नियमित विद्यालय आइरहने र शरिरको अवस्था अनुसार पढाई राम्रो भएको बताए ।
उनी विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा समेत ह्विलचियरकै सहारामा भएपनि कार्यक्रम अवधिभर चासो दिएर बस्छिन , प्र.अ. के सीले भने । उनका साथीहरुले आफुलाई निकै माया गर्ने गरेको कमला बताउँछिन । कमलाका दुवै खुट्टा चलदैनन् भने एउटा हात समेत छोटो छ ।
जन्मदै मेरुदण्डमा भएको घाउको कारण उनलाई समस्या छ । उनी सुत्न समेत सक्दिन्न । सधै घोप्टो परेर सूत्ने गरेको कमला बताउँछिन् । पहिले म मात्र अपाङ्ग छु जस्तो लाग्थ्यो तर एउटा अपाङ्गहरुको कार्यक्रममा गएर धेरै म जस्ता अपाङ्गहरु देखेपछि अहिले अपाङ्ग भएको कुनै हिनताबोध छैन कमलाले भनिन् ।
उनको घाउको विभिन्न ठाउँमा उपचारका लागि लगिए पनि चिकित्सकले सन्चो नहुने बताए । पछि कमलाका आमा पूर्णकला चिन्तित भएको र उपचारका लागी धेरै ठाउँमा लगें डाक्टरले सन्चो हुन्न भनेपछि अहिले कुनै ठाउँमा नलगिएको पुर्णकलाले बताइन् ।
छोरीको निकै पढ्ने रहर छ । यसलाई कही कतैबाट शिक्षा दिक्षाका लागि सहयोग भए अझ राम्रो हुन्थ्यो, उनले भनिन् । कमलाको घरमा हुँदा समेत अध्ययन गरिरहने उनकी आमाको भनाई रहेको छ ।









प्रतिक्रिया दिनुहोस्