रुखबाट लडेर एक जनाको मृत्यू



बर्दिया, १९ मंसिर/  बर्दियामा रुखबाट लडेर एक जनाको मृत्यू भएको छ ।

घास काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका बर्दिया मधुवन नगरपालिक –६ का ५६ वर्षका शोभान खत्रीको मृत्यु भएको छ ।

स्थानीय गार्मिण महिला सामुदायिक बनमा सोमबार घास काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका थिए ।

घाइते खत्रीलाई उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १९ गते मंगलबार