बर्दिया, १८ मंसिर/ बर्दियाको भुरीगाउँमा सोमबार दिउँसो भएको वाम गठबन्धनको चुनावी सभा सकेर फर्कँदै गरेको ट्रयाक्टर पल्टिँदा १५ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सैनवार चेक पोष्ट नजिकै भुरीगाउँको चुनावी सभा सकेर बारबर्दिया नगरपालिकामा पर्ने बानियाभार तर्फ जाँदै गरेको भे १ त ३५५० नम्बरको ट्रयाक्टर पल्टिँदा १५ घाइते भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर ल्याइएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ मंसिर १८ गते सोमबार









प्रतिक्रिया दिनुहोस्