
११ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणअन्तर्गत हिजो सम्पन्न निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ । स्थानीय तह निर्वाचनमा समग्रमा ७३ प्रतिशत मतदान भएकाेमा प्रदेश र प्रतिनिधिसभाकाे पहिलो चरणको निर्वाचनमा ८ प्रतिशत कम मत खसेकाे छ ।
निर्वाचन आयोगका अनुसार, ३२ जिल्लामध्ये बैतडीमा सबैभन्दा धेरै ८० प्रतिशत मत खसेको छ । कम मतदान गर्ने जिल्ला रोल्पा भएको छ । रोल्पामा मात्रै ५५ प्रतिशतले मतदान गरेका छन् ।
हेर्नुस् चुनाव सम्पन्न ३२ जिल्लामा कहाँ कति मत खस्यो

अनलाइनखबर
प्रकाशित मिति : २०७४ मंसिर ११ गते सोमबार








प्रतिक्रिया दिनुहोस्