होटल व्यवसायी संघ ईलाका नं.३ को अध्यक्षमा कडायत



कोहलपुर, १० मंसिर/  होटल व्यवसायी संघ बाँके ईलाका नं.३ को अध्यक्षमा बलबहादुर कडायत निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार कोहलपुर स्थित सिद्धिविनायक सामुदायिक वनको भवनमा भएको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाबाट कडायतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा राज बहादुर कार्की, उपाध्यक्षमा राजाराम आचार्य, सचिवमा एकनारायाण घिमिरे, सह–सचिवमा देब बहादुर शाही, कोषाध्यक्षमा ऋषिराम आचार्य रहेका छन् ।

त्यस्तै सदस्यहरुमा तारा श्रेष्ठ, भिम बहादुर कार्की, नन्द बहादुर रोकाय, छत्र बहादुर धामी, प्रेम थापा, शिव योगी र विष्ट रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १० गते आइतबार