कोहलपुर, ०१ मंसिर/ कोहलपुर नगरपालिका स्थित ११ मा रहेको आस्था बहुउद्धेश्यीय सहकारी संस्थाको ९ औं साधारण सभा विहिबार कोहलपुरमा सम्पन्न भएको छ ।
साधारणसभामा आ.व. २०७३÷७४ को आय÷व्यय विवरण र ७४÷७५ को अनुमानित कार्ययोजना प्रस्तुत गरिएको छ । सहकारीले आ.व. २०७३÷७४ मा २ करोड ८५ लाख ५१ हजार संकलन गरी रु. ७३ लाख ७६ हजार ३ सय ५४ रुपैंया लगानी गरेको थियो ।
चालु आ.व. मा १ करोड ८१ लख ३६ हजार ५ सय ५२ रुपैंया गरेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी चालु आर्थिक वर्षमा १ करोड ५५ लाख ८५ हजार ९ सय १४ रुपैंया अशुली गर्ने लक्ष्य रहेको छ ।
संस्थाले हालसम्म कर्जा लगानीका प्रमुख ४ क्षेत्रहरुमा कृषी, व्यापार, सामाजिक र पशुपक्षीं क्षेत्रमा १६ प्रतिशत व्याजदरमा लगानी गर्दै आईरहेको संस्थाका अध्यक्ष हरी चालिसेले जानकारी दिए । संस्थाको ९औं साधारणसभामा वर्षभरी गरेका कामहरुको प्रगती प्रतिवेदन र आयव्ययको लेखा प्रतिवेदन समेत प्रस्तुत गरीएको थियो ।








प्रतिक्रिया दिनुहोस्