कोहलपुर, २९ कात्तिक/ पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बाँकेको बैजनाथ गाउँपालिका–८ चाँदनीचोकमा बसले ठक्कर दिदा एक पैदलयात्रीको मृत्यू भएको छ ।
बुधबार बिहान करिब सवा ११ बजेतिर भे १ ख २०८२ नम्बरको बसले सडक पार गर्दै गरेका सोही ठाउँ बस्ने अन्दाजी वर्षका सुमन चौधरीको मृत्यू भएको हो ।
बसको ठक्करबाट गम्भिर घाइते चौधरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यू भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका सई भेषराज पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : २०७४ कात्तिक २९ गते बुधबार








प्रतिक्रिया दिनुहोस्