15 July 2024  |   सोमवार, असार ३२, २०८१

‘देशमा अधिनायकवाद आउन लाग्यो : प्रधानमन्त्री देउवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४  

कोहलपुर, २९ कात्तिक/  प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले वाम गठबन्धनले निर्वाचनमा बहुमत ल्याए देशमा अधिनायकवादी शासन पद्धति आउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार क्षेत्रीय सुरक्षा गोष्ठीलाई नेपालगञ्जमा उद्घाटन पश्चात कोहलपुर आएका प्रधानमन्त्री देउवाले कोहलपुरमा कार्य कर्ता भेटघाट कार्यक्रममा बोल्दै देशमा कम्प्युनिष्ट शासन व्यवस्था आउन लागेको भन्दै आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुलाई विजय गराउनका लागि कार्यकर्ताहरु सक्रिय भएर लाग्नु पर्ने बताए ।

देउवाले भने ‘यो निर्वाचनबाट एकदलिय अधिनायकवादलाई रोज्ने कि लोकतन्त्रलाई रोज्ने, आगामी मंसिर मै फैसला गर्नुपर्ने समय आएको छ’ उनले भने ‘काँग्रेसको नेतृत्वमा धेरै संघर्षबाट जनताका अधिकारहरु स्थापित भएका छन्, पटक–पटकका संघर्षबाट प्राप्त उपलब्ध र लोकतन्त्र नै अहिले खतरामा छ, देवाले अगाडि थपे, ‘कम्प्युष्ट शासन आए जनताहरु डर र त्रासमा बाच्नु पर्छ, हामी नेपाली जनताहरु त्यो डर र त्रासको वातावरणमा बस्ने कि स्वतन्त्र भएर बाँच्ने त्यसका लागि सबै लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा आएर यो निर्वाचनमा होमिएका छौं ।’
नेपाली काँग्रेसका पार्टी सभापति समेत रहेको देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीले टिकट वितरण गर्दा भएका दनहरुमा समिक्षा गर्ने भन्दै पार्टीले तोकेको उम्मेद्वारलाई विजय गराउनका लागि सबै कार्यकर्ताहरु सक्रिय भएर लाग्न निर्देशन समेत दिएका थिए । ‘टिकक वितरणमा केही साथीहरुलाई अन्याय भएको छ’ उनले भने । ‘अन्यायमा परेका साथीहरुलाई न्याय दिन्छु, तपाईहरु सफलतापूर्वक पार्टीलाई जिताउन लाग्नुहोस् ।’

साथै उनले बाँकेको कोहलपुर प्रदेश नं. ६ र ७ को प्रवेशद्वार भएकाले विकासका लागि आफु सक्दो सहयोग गर्ने बताए । प्रधानमन्त्री शेर बहादुर देउवाले मंगलबार कोहलपुरमा नेपाली काँग्रेस अगुवा नेता कार्यकर्तासंग निर्वाचनमा नेपाली काँग्रेसको अवस्था बारेमा छलफल गरेका छन् ।

नेपाली काँग्रेसका क्षेत्र नं. १ का प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरु लाई विजय गराउन एक मतका साथ निर्वाचनमा लाग्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।

प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४     7:48:36 AM  |