नेपालगञ्ज, २९ कात्तिक/ प्रदेश नं. ५ र ६ को सुरक्षा प्रमुखहरुको भेलालाई नेपालगन्जमा सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । निर्वाचनमा चुस्त, दुरुस्त, भरपर्दो र विश्वासिलो सुरक्षा व्यवस्था मिलाउन तीन वटै सुरक्षा निकायका अधिकारीहरुलाई विशेष निर्देशन समेत दिएका हुन् ।
प्रधानमन्त्री देउवाले निर्वाचनमा मतदातालाई समयमै मतदान गर्ने वातावरण श्रृजना गराउन सुरक्षा निकायको विशेष भूमिका हुने भन्दै त्यसलाई गम्भिरतापूर्वक लिन निर्देशन दिए ।
पश्चिम नेपालको चुनावी अभियानलाई लक्षित गरेर नेपालगञ्ज आएका प्रधानमन्त्री देउवाले प्रदेश नं. ५ र ६ मा पर्ने जिल्लाका सुरक्षा र प्रशासनिक निकायका प्रमुखहरुसँग यस क्षेत्रको शान्ति सुरक्षाको अवस्था, आगामी निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था र निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन देखिएका चुनौतीहरुको बारेमा जानकारी लिएका थिए ।
सुरक्षा योजना निकै राम्रा बनेको भएपनि कार्यान्वयनमा चुनौती देखिएको बताउँदै देउवाले केही जिल्लाहरुमा सानातिना घटनाहरु भइरहेका भएपनि त्यसको सुक्ष्मरुपमा अनुसन्धान बढाउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै गृह मन्त्रालयका सचिव मोहोनकृष्ण सापकोटाले भयरहित, अवरोध विना मतदानको ग्यारेन्टी गर्नु सबै सुरक्षा निकायको दायित्व भएको बताउँदै त्यसबाट कुनै पनि हालतमा चुक्न नहुने बताए । निर्वाचनका लागि भारतसँगको खुला सिमाना, विभिन्न जिल्लामा भइरहेका हिंसात्मक गतिविधि, पार्टीहरुबीच हुन सक्ने झडप मुख्य चुनौतीका रुपमा रहेकाले यस्ता गतिविधिहरु प्रति सुरक्षा संयन्त्रहरु सचेत रहनुपर्ने उनले बताए ।
क्षेत्रीय सुरक्षा गोष्ठिमा १६ जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो । बाँके, बर्दिया, सुर्खेत, दाङ्ग, पुर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, सल्यान, प्यूठान गरी (प्रदेश नं. ५ र ६ का शसस्त्र प्रहरी, नेपाल प्रहरी , नेपाली सेना, राष्ट्रिय अनुसन्धान सहितको उच्च सुरक्षा अधिकारीहरुको सहभागिता रहेको छ ।
भर्खरै
मोहन्यालका आमा–शिशु भवनविहीन खोप केन्द्रको भरमा
१ घण्टा अगाडी
विपन्न समुदायका छोरीको शिक्षामा लगानी बढाइँदै
१ घण्टा अगाडी
आफैँ स्कुटी चलाएर अस्पताल पुगेकी युवतीको मृत्युपछि विवाद
१ घण्टा अगाडी
कर्मचारी संरचनामा पुनरावलोकनको तयारी
१ घण्टा अगाडी
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
१५ घण्टा अगाडी
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
१५ घण्टा अगाडी
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
२२ घण्टा अगाडी
ट्रेन्डिङ



प्रतिक्रिया दिनुहोस्