तुलसीपुर, 
२८-कात्तिक /  नेपाल कम्यूनिष्ट पार्टीका एकजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दाङको बबई गाउँपालिका वडा नं. ५ निवासी ३२ बर्षीय निमबहादुर डाँगी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक निर्मल खत्रीले जानकारी दिए ।

पक्राउ परेका डाँगी नेकपाका राष्ट्रिय युवा जन स्वएंम सेवकको जिल्ला उपाध्यक्ष रहेको खत्रीले बताए । ईलाका प्रहरी कार्यालय खिलतपुरले डाँगीलाई सोमवार राति ९ बजेपछि पक्राउ गरेको प्रहरीले बताएको छ । रुकुम र रोल्पामा माओवादीका शिर्ष नेताहरुलाई लक्षित गरि बम विस्फोट र गोली प्रहारका घटनाहरु भएपछि निर्वाचन सुरक्षाको लागि नेकपाका कार्यकर्ता पक्राउ गरिएको लागिएको प्रहरीले बताएको छ ।