भ्यानले ठक्कर दिँदा एक महिलाको मृत्यू



कोहलपुर,२८ कार्तिक/  कोहलपुरको साझाचोक नजिकै म्याजिक भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ एकतानगरकी ५५ वर्षिया पार्वती शाहीको मृत्यू भएको छ ।

नेपालगञ्जदेखि कोेहलपुर आउदै गरेको भे १ ज ५४९ नम्बरको म्याजिकले बाटो क्रस गरिरहेकी शाहीलाई ठक्कर दिदा गम्भिर घाइते भएकी उक्त महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यू भएकोे ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

उनीलाई सोमबार दिउँसो करिब ३ बजेतिर म्याजिकले कोहलपुरको साझाचोकमा ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र चालक ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २८ गते मंगलबार