काँग्रेस बाँकेद्वारा मिडिया सेन्टर स्थापना



नेपालगञ्ज, २८ कात्तिक/  निर्वाचन परियोनको निम्ति लोकतान्त्रिक गठवन्धनको पक्षमा प्रचारात्मक मोर्चालाई व्यवस्थित गर्न नेपाली काँग्रेसले क्षेत्रीय स्तरको मिडिया सेन्टर सोमबारबाट नेपालगन्जमा स्थापना गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले मिडिया सेन्टरको उद्घाटन गर्दै लोकतन्त्रमा आएको कालो बादललाई हटाउन नेपाली जनताले फेरि एक भएर लाग्न आग्रह गरे । पाण्डेले अहिले पनि लोकतन्त्र खतरामा परेकोले नेपाली जनताले काँग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे।

लोकतन्त्र खतरामा पर्ने अवस्था देखिएपछि नेपाली काँग्रेस लगायत लोकतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिनु परेको बताउदै पाण्डेले अबको चुनाव प्रजातान्त्रिक परिपाटी रोज्ने कि कम्यूनिष्ट शासन रोज्ने भन्ने परीक्षाको घडी भएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २८ गते मंगलबार