16 July 2024  |   मङ्लबार, साउन १, २०८१

दुर्घटनामा दुई जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २७, २०७४  

दाङ,२७ कात्तिक/  दाङको देउखुरीमा सोमबार सडक दुर्गटना परी दुई जनाको मृत्य भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भिर रहेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ज १३४९ नम्बरको जीप र पश्चिमबाट बुटवलतर्फ जाँदै गरेको ना ४ ख ७९५५ नं. ट्रक लमही नगरपालिका–१ नर्तमा एकआपसमा ठोकिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते दुई जनाको उपचारको क्रममा लमही लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा राप्ती गाउँपालिका– ५ निवासी रामपती चौधरी र सोही गाउँपालिका–८ निवासी वर्ष २८ की गीता बस्यालको लमही अस्पतालमा उपचार गर्न ल्याउँदै गर्दा मृत्यु भएको लमही अस्पतालका डा. ईश्वरी खनालले जानकारी दिए ।

उनका अनुसार ८ जनाको सोही अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटवल र दुई जना गम्भीर घम्भीर घाइतेको चितवन अस्पतालमा रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइते सबैको टाउको र हातमा गम्भीर चोटपटक लागेको बताइएको छ । बिहानको समय भएका कारण अत्यधिक तीव्र गतिमा गाडी हिडिरहेका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक २७, २०७४     7:22:50 AM  |