कोहलपुर, २४ कात्तिक/ राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष महाविर वलीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।
विहिवार राती ८ः३० बजेको समयमा कोहलपुरमा रहेको उनकै निवासमा अज्ञात समूले गोली प्रहार गरेको हो । मिस फायरका कारण गोली ओलीको शरिमा गोली नलागेपनि गोली प्रहार भन्दा पहिले अज्ञात समूलले गरेको भौतिक आक्रमणबाट घाइते भएका छन् ।
ओलीलाई अपरिचित व्यक्तिले अस्पताल यही हो भनेर सोध्दै गर्दा उनी सटर बन्द गर्ने क्रममा बाहिर आउँदा अज्ञात व्यक्तिले आक्रमण गर्दा निधारमा गहिरो चोट लागेको छ । ‘लगत्तै पेस्तोल निकालेर अर्को व्यक्तिले गोली प्रहारको प्रयास ग¥यो तर मिस फायर भयो र म बाँचे, उनले भने’ ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी टोली घटना घटनास्थलमा पुगेको पीडित परिवारले जनाएको छ । प्रहरीले घटनालाई लियर संवेदनशील भएको जनाएको छ । घटनापछि घटनामा संलग्नहरु मोटर साइलकमा भागेको सूचना प्राप्त भएपछि सबै नाकाहरुमा कडाई गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्