19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

अलपत्र रहेको क्रिकेट मैदान व्यवस्थित हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक २३, २०७४  

दाङ, २३ कात्तिक/ लमहीको रातो डाँडामा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अधुरो रहेको काम पुरा हुने भएकोे छ ।

लमही नगर विकास समितिको आयोजनामा लमही क्रिकेट क्लबलाई व्यवस्थित तथा बाँकी रहेका कामहरु गर्ने जिम्मेवारी क्लवलाई दिएपछि क्रिकेट मैदान बन्ने आशा पलाएको हो ।

बुधबार कार्यालयको एक समारोहका बीच उद्घाटन पनि गरिएको छ । लमही नगर विकास समितिको अगाडि रहेको एक कोठामा क्लबको कार्यालय स्थापना गरी बुधबारबाटै कामको थालनी गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक २३, २०७४     7:49:36 AM  |