काठमाडौं, २२ कार्तिक/ पचासौं राष्ट्रिय कराते प्रतियोगिता आजदेखि राजधानीमा शुरु हुँदै छ । नेपाल कराते महासंघको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
भोलीदेखि आयोजना गर्ने भनिएको उक्त प्रतियोगिता प्राविधिक कारणले एक दिन अगाडि सारेर आजदेखि सुरु हुन लागेको प्रतियोगिताका संयोजक दीपक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपिएफ) गरी सात टोलीका १सय ८४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा महिला र पुरुष तौल समूह तथा एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति : २०७४ कात्तिक २२ गते बुधबार









प्रतिक्रिया दिनुहोस्