18 July 2024  |   शुक्रबार, साउन ४, २०८१

बाँकेको अगैया नजिकै बस दुर्घटना, १२ जना घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४  

यान बि.साहु: कोहलपुर, २० कात्तिक/ काठमाडौंदेखि जाजरकोटका लागि छुटेका बस बाँकेको राप्तीसोनारी–२ अगैया नजिकै दुर्घटना भएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख यज्ञ बहादुर भट्टराईले जानकारी दिनुभएको छ ।
करिव ३५ यात्रु बोकि जाजरकोटका लागि छुटेको ना६ख ४०२ नम्बरको रात्रीबस आज (सोमबार) बिहान साढे ६ः३० बजेतिर पुर्व पश्चिम राजमार्गको बाँकेको अगैयादेखि करिव ४÷५ किलोमिटर पश्चिमतर्फ दुर्घटना भएको हो ।
घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको कोलपुर प्रहरीले जनाएको छ । दुर्घटनापछि बसका चालक र सह–चालक दुबै फरार रहेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रमुख भट्टराईले बताउनु भयो ।

प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४     1:12:25 PM  |