कविन्द्र परियार: कोहलपुर, २० कात्तिक/ सशस्त्र द्वन्दको बेला वेपत्ता भएका छोरा आउछन कि भन्ने आशामा एक दम्पत्ती १६ वर्ष देखि पर्खाइमा छन् । बाँकेका राप्ती सोनारी –९ का ७१ वर्ष डण्डविर कुमाल र ५१ वर्षिया ंउनकी श्रीमती लालमती कुमाल १६ वर्ष अगाडि बेपत्ता भएका आफ्नो छोरा कमल कुर्नै दिन घर आउँछन कि भन्ने आशा मैे छन् ।
तत्कालिन ने.क.पा माओवादी का पूर्णकालिन कार्याकर्ता रहेका कमल २०५८ असोज ११ गते राती एकाएक बेपत्ता भएका थिए ।
पार्टीमा काम गर्ने सिलशिलामा गाउँका केही यूवाहरुसँग मिलेर एक किराना पसल चोरी गरेको त्यसपछि पार्टी भित्रै उनलाई शाररिक यातना दिएको र केही दिनको घर बसाई पछि उनी पुनः पार्टीमा फर्केका थिए । एक शिक्षकको घरमा खाना खाने समयमा बाहिर जान्छु भने निस्केपछि एकाएक वेपत्ता भएको पारिवारीक स्रोतले जनाएको छ । वेपत्ता भएपछि कमल कहाँ गए भन्ने अहिले सम्म पनि कसैलाई थाहा छैन । उनी त्यसपछि परिवारको सम्पर्कमा समेत नआएको उनका बाबु डण्डविर बताउँछन् ।
कमल बेपत्ता भएपछि देखिनै लगातार ५ दिन सम्म माओवादी कार्यकर्ता आफ्नो घर छिर्दै कमल कहाँ छ । भन्न थालेपछि तिमिहरुले मारेका छौँ किन खोज्छौं भनेपछि त्यसदिन देखि घरमा कार्यकर्ता नआएको उनकी आमा लालमती बताउँछिन् । भर्खर १५ वर्षमा पवबेश गरेका कमल वेपत्ता भएदेखि नै चिन्तामा डुबेर कमल दम्पत्ती निकै दुखित बनेका छन् । न सास पाइयो न लास न त राहात पाइयो ।
भावुक बन्दै कमलका बाबु डण्डविरले आँसु चुहाए । कमल न बेपत्ताको सूचीमा छन् न त सहितको सूचिमा । द्वन्दबाट पीडितहरुले राहात पाइरहेका बेला पनि कही कतै बाट एक पैसा नपाएको कुमाल परिवारले गुनासो छ । द्वन्दपीडितको फारम भर्न ठामँ समेत थाहा नपाएको निरक्षर दम्पत्ती आफ्ना लागि कोही कसैले सहयोग गरेको बताउछन् ।
एक छोरा वेपत्ता भएको पीडा अर्को तर्फ राहत नपाएको पीडाले कुमाल दम्पत्ती निकै दुखि छन् । त्यही पीडाले उनकी आमा लालमती मानसिक रुपमा समेत विछिप्त बनेकी छिन । बेला –बेलामा छोराकै शोक–चिन्ताका कारण विरामी भइरहन्छीन ।
उनका छिमेकी भोक ब. ऐरीले अहिले सम्म घर नफर्कीएको हुँदा मारीएको आशंका गरे । छोरा त पाउनु भएन राहत सम्म पाएको भए पनि पीडा कम हुनसक्थ्यो । उनले भने, त्यतिबेला उनीसँगे पूर्णकालिन भएर हिडेकी माओवादी केन्दी्रय सदस्य रेणुका खड्काले कमल पूर्णकालिन भएर हिडेको थाहा पाएको र त्यसपछि भागेको भन्ने सुनेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्