6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

नागरिक समाज सञ्चालन गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २३, २०७४  

रावन विश्वकर्मा बर्दिया,२३ चैत/  सर्वसाधारण नागरिकहरुको आवाजलाई संगठित बनाउन बाँसगढी नगर स्तरीय नागरिक समाज सञ्जाल गठन भएको छ ।
प्रेमप्रसाद शर्माको संयोजकत्वमा बिहीबार १७ सदस्यीय नागरिक समाज सञ्जाल गठन भएको हो ।

संजालको उपसंयोजकमा रामचन्द्र अधिकारी र सचिवमा एकराज चौधरी रहेका छन । त्यसैगरी सदस्यहरुमा सबिना थारु, रामबहादुर थापा, प्रेमसरा परियार, जुना सुनार, होमनाथ अधिकारी, बाबुराम पंगेनी, अदबिर रहमिन, तुलसीप्रसाद उपाध्याय, थानेश्वर थारु, सुरेन्द्र कुवँर, दहवा थारु, महेश अधिकारी र जोगीराम चौधरी रहेका छन ।

सञ्जाल गठन कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै बर्दिया नागरिक समाज संजालका संयोजक बालकृष्ण ओलीले नागरिक समाज सञ्जालले स्वतन्त्र रुपमा सर्बसाधारण नागरिकहरुको आवाजलाइ सरकारी गैरसरकारी संस्थाहरु सम्म पुर्याउने बिश्वास व्यक्त गरेका छन ।

कार्यक्रमका सहभागिहरुले नयाँ राजनितिक परिबर्तन संगै नयाँ राजनितिक संस्कृतिको बिकास गर्न नागरिक समाजको अहम भुमिका हुने बताएका थिए ।

बाँसगढी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामसीङ थारुको सभापतित्वमा भएको भेलामा सामुदायिक बन, ज्येष्ठ नागरिक, दलित, महिला, अपांग, शिक्षक लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागिहरुलाई स्वागत कृष्णबहादुर क्षेत्रीले गरेका थिए भने सञ्चालन चिन्तामणी कँडेलले गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २३, २०७४     7:22:11 AM  |