बर्दिया १ मा गौतम विरुद्ध एमालेकै बागी उम्मेदवार



रावन विश्वकर्मा: बर्दिया, १७ कात्तिक/ बर्दियाको क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका लागि बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पुर्व उप प्रधानमन्त्री बामदेव गौतमको उम्मेदवारी विरुद्ध एमाले कै बागी उम्मेदवार परेको छ ।

गौतमलाई चुनौती दिदै नेकपा एमालेका पुर्व भेरी अञ्चल कमिटी सदस्य खड्क बहादुर खड्काले नेकपा एमाले बाँसगढी नगर उपसचिव देबबहादुर भण्डारीको प्रस्तावक र नगर कमिटी सदस्य सुर्य लामिछानेको सर्मथनमा उम्मेदवारी दर्ता गराएका हुन ।
स्थानीय तहको निर्वाचनमा खड्कालाई बाँसगढी नगरपालिकाको प्रमुखको उम्मेरदवार भनी खाईपाई आएको शिक्षकको जागिरबाट उनलाई राजीनामा गर्ने लगाइएको र टिकट नदिएपछि प्रदेश सभामा टिकट दिने भनी आश्वासन दिएको तर यस पटक पनि टिकट नपाउँदा बागी उम्मेरदवार दिन बाध्य भएको खड्काले प्रतिक्रिया दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १७ गते शुक्रबार