काठमाण्डु, १५ कात्तिक– माओवादी नेता बालकृष्ण ढुंगेललाई जनयुद्धको मुद्धा ब्यूँताएर पक्राउ गरेपछि सामाजिक संजालमा त्यसको विरोध सुरु भएको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले सर्वस्वहरणसहित जन्मकैदको सजाय सुनाए तापनि लामो समय पक्राउ नपरेका ढुंगेललाई मंगलबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो । ढुंगेलको पक्राउलाई लिएर माओवादी नेता तथा कार्यकर्ताले विरोध जनाएका छन् । यसै सन्दर्भमा सामाजिक संजालमा देखिएका केही अभिव्यक्तिलाई समेटेर फिचर तयार पारिएको छ ः
माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल आहुतिले बालकृष्ण ढुंगेल पक्राउलाई षड्यनत्रको संघा दिएका छन् । पक्राउको विरोध गर्दै उनले अब आफूले बालकृष्णलाई सहानुभूति दिने नभएर त्यसका विरुद्ध लड्ने उल्लेख गरेका छन् ।
अर्का नेता रमेश मल्लले गृहमन्त्रालय अघि नै पुगेर आफू पनि बालकृष्ण ढुंगेल भएको र पक्राउ गर्न चुनौति दिएका छन् । उनले ढुंगेल संघयिता र गणतन्त्रका योद्धा भएको बताएका छन् । ढुंगेललाई पक्राउ गरी बृहत शान्ति सम्झौता र युद्धकालिन मुद्धा आयोगमार्फत संचालन गर्ने सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै वाईसीएल अध्यक्ष दिपशीखा शेरबहादुर देउवाप्रति आक्रोशित भएका छन् । माओवादी विदार्थी संगठनका अध्यक्ष रञ्जित तामाङले वाम गठबन्धनबाट अताल्लिएको कांग्रेसले ढुंगेललाई पक्राउ गरी आफ्नो हरकत देखाएको लेखेका छन् ।
प्रचण्ड पुत्र प्रकाश दाहालले गाण्तन्त्रका निम्ती लडाईं लड्ने ढुंगेल कसरी अपराधी भन्दै सांगेतिक प्रश्न गरका छन् ।
त्यसैगरी प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापाले ढुंगेललाई गढातनत्रका योद्धा भन्दै उनी जेल बस्नुपर्छ भने आफूपनि अपराधी भएको र पक्राउ गर्न चेतावनी दिएका छन् ।
लेखक दिलनिशानी मगरले ढुंगेललाई जननेता बताउँदै उनी जेलमा र कमल थापालाई मण्डले बताउँदै उनी सरकारमा भन्दै यो गणतनत्र हो वा राजतन्त्र ? भनी प्रश्न गरेका छन् ।
पूर्व विद्यार्थी नेता सुरेन्द्र बस्नेतले ढुंगेल अपराधी नभएर गाण्तन्त्र नेपालका अब्बल सेनानी भएकाले तत्काल रिहाई गर्न माग गरका छन् ।
अखिल क्रात्किारीकी सचिव गंगा दाहालले ढुंगेललाई तत्काल रिहा नगरे हजारौँ ढुंगेलले दशौँ हजार जनताका हत्यारा देउवा र कमल थापालाई सिंहाशनबाट हत्याउने चेतावनी दिएकी छिन् ।
त्यस्तै ढुंगेलको विषयलाई लिएर लेखिएको कविता ‘अब मलागे जेल’ सामाजिक संजालमा भाइरल बनेको छ । विद्यार्थी नेता नरेश रेगमीले लेखेको सो कविता हाल माओवादीका थुप्रै नेता तथा कार्यकर्ताले सेयर गरेका छन् । उक्त कविता यस्तो छः
म अब लागेँ जेल
मेरो अपराध हो
गणतन्त्र
म हूँ बालकृष्ण ढुंगेल ।
दलनको सन्दुकबाट झिकेर
मैले बोकेको बन्दुक र
भोकको झोलीबाट झिकेर
मैले बोकेको गोली
राजदरवारमा निदाएका कानहरुले
सुन्ने एक मात्र बन्यो बोली
हो त्यही हो
मेरो अपराध
मलाई जनताको मञ्चमा
पञ्चहरु बसेको
मन परेको थिएन,
लाग्थ्यो दूधको रखवाली
बिरालो गरिरहेछ
र चलाएँ मैले पञ्चहरुको सातो जाने
जनताको अदालत
हो त्यही हो
मेरो अपराध
मलाई मालिकको सालिक मुनी
हलीको बली
मन परेको थिएन
सोच्थेँ कागजको गुलामी
आगो गरिरहेछ
र चलाएँ मैले मालिकको सातो जाने
जनताको सरकार
हो त्यही हो
मेरो अपराध
मैले प्रतिकार गरेँ
विद्रोह गरेँ
सहिन मजदुरको अपमान
मानिन सिंहदरवारको फर्मान
मैले गरीबको गरीबसँग
मीत लगाइदिएँ
मैले खेत र खलिहानको
गीत गाइदिएँ
मैले कमजोरको घाउमा
लगाइदिएँ मल्हम
मैले बन्दुकको नालमा
राखिदिएँ कलम
हो त्यही हो
मेरो अपराध
ल अब लागेँ जेल
मेरो अपराध हो
गणतन्त्र
म हूँ बालकृष्ण ढुंगेल ।









प्रतिक्रिया दिनुहोस्