कोहलपुर, १५ कात्तिक/ दलित सेवा संघ बाँकेको अध्यक्षमा पुनः कृष्ण बहादुर विक निर्वाचित भएका छन् ।
संघको मंगलबार कोहलपुरमा सम्पन्न भएको छैटौं जिल्ला अधिवेशनबाट विक दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले विकको अध्यक्षमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
संघको कार्यसमितिको उपाध्यक्षमा रामविलास हरिजन, सचिवमा दयाराम सुनार
कोषाध्यक्षमा शोभा बैगार, सहसचिवमा तिलकराम धोबी निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा आशा विश्वकर्मा, निर्मला परियार, गोपी बैगार, तोजेन्द्र विक, शितला परियार र टिकाराम परियार रहेका छन् ।
त्यस्तै रेडियो प्रतिवोध एफ.एम सञ्चालक समितिको अध्यक्षमा पुनः बुद बहादुर सुनार चयन भएका छन् । समितिको उपाध्यक्षमा शिव सुनार, सचिवमा हेमन्त विक, सह–सचिवमा देविलाल विक, कोषाध्यक्षमा विमला विक चयन भएका छन् । त्यस्तै
सदस्यहरुमा मान बहादुर सुनार र तुल्सी सुनार रहेका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तथा दलित सेवा संघका केन्द्रीय अध्यक्ष चक्रमान विश्वकर्माले दलित अधिकारका लागि निरन्तर सघष गरिरहनु पर्ने बताए । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले साना भन्दा उच्च वर्गका मान्छेले भेदभाव गर्ने गरेको हुँदा सबैले व्यवहार सुर्धानु पर्ने बताए । कार्यक्रममा रेडियोको विकासमा सहयोग पु¥याएको भन्द प्राविधिक प्रमुख विवेक रेग्मी, समाचार प्रमुख अनिता विक, कार्यक्रम संयोजक पवित्रा परियार बजार प्रतिनिधि सर्जन आर.सी देविलाल विक, मान बहादुर वि.क लगायतलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्