रावन बिश्वकर्मा : बर्दिया, १४ मंसिर/ बर्दिया जिल्लामा ३ वर्षको अवधिमा २ सय ४८ वटा हिंसाका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आर्थिक वर्ष २०७२÷०७३ देखि २०७४÷०७५ सम्मको ३ वर्षको अवधिमा २ सय ४८ वटा हिंसाका घटना दर्ता भएका हुन् ।
दर्ता भएका हिंसाका घटनामा सबै भन्दा बढी आत्मा हत्याका घटना दर्ता भएका हुन् । ३ वर्षको अवधिमा जिल्लामा ८२ वटा झुण्डीएर र २६ विष सेवन गरी जम्मा १ सय ८ जनाको घटना दर्ता भएका हुन् ।
त्यस्तै जवरजस्ती ६५, जवरजस्ती करणी उद्योग २७, बहुविवाह १९, बोक्सीको आरोप ३, कर्तव्य जान ९, गर्भपतन २, छुवाछुत १ र मानव बेचबिखन १० वटा मुद्धा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।
थारु महिला उत्थान केन्द्रको आयोजना र जनजागरण महिला संघको समन्वयमा भएको लैगिक हिंसा न्युनिकरण विषयक अन्र्तक्रियामा सामाजिक कानुनी साहायकता केन्द्र बर्दियाकी सहजकर्ता लक्ष्मी नेपालले सो जानकारी दिएकी हुन् ।
जवरजस्ती करणी २०७२÷७३ मा २० वटा, २०७३÷७४ मा ३६ वटा ०७४÷७५मा ९ वटा रहेका छन् । त्यस्तै जवरजस्ती करणी उद्योग ०७२÷७३ मा १७ वटा, ०७३÷७४ मा ८ वटा, ०७४÷७५ मा २ वटा, झुण्डीएर आत्महत्या ०७२÷७३ मा ४३ वटा, ०७३÷७४मा ३३ वटा, ०७४÷७५ मा ६ वटा, विष सेवन ०७२÷७३ मा १८ वटा, ०७३÷७४मा ६ वटा, ०७४÷७५ मा २ वटा, बहु विवाह ०७२÷७३ मा ११ वटा, ०७३÷७४ मा ८ वटा, बोक्सीको आरोप ०७२÷७३ मा १ वटा, ०७३÷७४मा १ वटा ०७४÷७५ मा १ वटा, कर्तव्य ज्यान ०७२÷७३ मा ४ वटा, ०७३÷७४ मा ४ वटा, ०७४÷७५ मा १ वटा, गर्भपतन ०७२÷७३ मा १ वटा र ०७३÷७४ मा १ वटा दर्ता भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्