20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

यू–१९ एशिया कप छनौटमा नेपाल किर्गिस्तानसँग २-० ले पराजित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४  

काठमाडौं, १४ कात्तिक/  उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपाल किर्गिस्तानसँग २-० ले हारेको छ ।

खेलको २१ औँ मिनेटमा १-० ले पछि परेको नेपालले दोस्रो हाफको इन्जुरी समयमा गोल खाँदा २-० ले पराजित भयो ।

१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् । नेपालले १६ गते बहराइन, १८ गते युएई र २२ गते ओमन सँग खेल्ने छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४     2:08:37 PM  |