काठमाडौं, १४ कात्तिक/ उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपाल किर्गिस्तानसँग २-० ले हारेको छ ।
खेलको २१ औँ मिनेटमा १-० ले पछि परेको नेपालले दोस्रो हाफको इन्जुरी समयमा गोल खाँदा २-० ले पराजित भयो ।
१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् । नेपालले १६ गते बहराइन, १८ गते युएई र २२ गते ओमन सँग खेल्ने छ ।
प्रकाशित मिति : २०७४ कात्तिक १४ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्