26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

भारतीय ट्रक छुटाउन नेपालगञ्ज भन्सारमा प्रदर्शन, अावतजावत ठप्प

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४  

नेपालगञ्ज,१४ कात्तिक/  भन्सार एजेन्टहरुको प्रदर्शनले नेपालगञ्ज भन्सार ठप्प भएको छ । भुलवस प्रज्ञापनपत्र विना नै भारतीय ट्रक नेपाल भित्रिएको भन्दै भारती य र नेपालका एजेन्टहरुले नाकामा विरोध प्रदर्शन गरी ठप्प पारेका हुन् ।भन्सार छलेर मध्यरातमा नेपाल भित्रिएको भारतीय ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुले मंगलबार भन्सार ठप्प पारेका हुन् । उनीहरूको प्रदर्शनका कारण भन्सारमा अावतजावत बन्द भएको छ ।

विभिन्न सुरक्षा घेरालाई चुनौती दिदै नेपालगञ्ज भन्सारले सुईकोसम्म नपाई भारतीय ट्रक नेपालगन्ज भित्रिएपछि तीन दिन अघि संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जको प्रहरीले ट्रक नियन्त्रणमा लिएको थियो ।

प्रहरीले गत शनिवार राति करीब साढे ११ बजे यूपी३६टी ७३०७ नं.को भारतीय ट्रकलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।

भन्सार छलेर ठूलो परिणाममा सामान भित्रिँदै गरेको सूचनाको आधारमा कारवाही गर्दा विना भन्सार करीब ७० लाख रुपैयाँको मेसिन र त्यसमा प्रयोग हुने सामग्रीसहित भारतीय ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो । Onlinekhabar

प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४     1:00:19 PM  |