हतियार बुझाउन बाँके प्रशासनद्वारा आग्रह



कोहलपुर,१४ कात्तिक/ मंसिर २१ मा हुने आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बाँके प्रशासनले वैधानिक हातहतियार बुझाउन आग्रह गरेको छ ।

हतियार राख्न पाउने लाईसेन्स लिएका नेपाली नागरिकहरुले कार्तिक २१ गतेभित्र अनुमति प्राप्त हातहतियारहरु नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाउन प्रशासनले सोमबार सूचना जारी गरी आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेको अभिलेखअनुसार जिल्लामा करिब ६ सय लाईसेन्स प्राप्त हातहतियार रहेका छन् । प्रशासनले जारी गरेको सूचना अवधिभित्र हतियार नबुझाएको पाइएमा सम्वन्धित व्यक्तिको घरमै पुगेर कव्जा गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले चेतावनी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १४ गते मंगलबार