23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

गैर बाढीपीडितलाई राहात दिएको भन्दै बनकट्टीमा विरोध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४  

कोहलपुर,१४ कात्तिक/ प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा सरकारले बाढीपीडितहरुका लागि वितरण गर्न दिएको रकममा वडा कार्यालयले राजनीति गरे पछि पीडितहरुले विरोध गरेका हुन् ।
बाँकेको डुडुवा गाँउपालिका–३ बनकट्टीका वडा अध्यक्ष भण्डारी लाल यादवले बाढी पीडितहरुको नामावली तयार गर्दा गैर पीडितहरुको नामावली तयार गरी पठाएको सोही बमोजिम राहात वितरण गर्ने प्रयास गरे पछि पीडितहरुले पुनः छानबिन गरी वास्ताविक पीडितहरुलाई राहात वितरण गर्न माग गरे पछि गाँउपालिकाले प्रमुख जिल्ला अधिकारी सँग समन्वय गरेर मात्र राहात वितरण गर्ने निर्देशन जारी गरेको छ ।
बाढीले घरबार बगाएका र खाने अन्नपात समेत नरहेका पीडितहरु सरकारी राहतको पर्खाइमा रहेका बेला वडा अध्यक्ष यादवले एमाले,काँग्रेश र माओवादीलाई भोट दिने पीडितहरुलाई आफूले राहात दिन नसक्ने बताए पछि पिडितहरुले गाँउपालिकाको कार्यालयमा धर्ना दिएका थिए ।
वडा अध्यक्ष भण्डारी लाल यादवले, ‘राहात वितरण गर्न खोज्दा केही ठूला पार्टीका कार्यकर्ताहरुले अवरोध गरे पछि आक्रोशमा मैले ठूलो पार्टीहरुको नाम लिएको बताउदै नामावली तयार गर्दा केही त्रुटि भएकोले सच्याउने प्रयास भइरहेको बताए ।
यता डुडुवा गाँउपालिका  प्रमुख नरेन्द्र चौधरीले राहात वितरणमा कुनै प्रकारको राजनीति नुहने बताउदै वास्तविक पीडितहरुलाई राहात दिन गाँउपालिका लागिपरेको बताए ।
उनले बनकट्टीमा मात्र राहात वितरणमा समस्या देखा परेकोले उक्त समस्या समाधानका लागि आफू लागिपरेको जिकिर गरे । प्रमुख चौधरीले वडा अध्यक्षहरुलाई जनताको हितमा काम गर्दा राजनीति भन्दा माथि उठेर काम गर्न आग्रह समेत गरेका छन ।
यस्तै बाढीले कुनै नोक्सानी नगरेकोे डुडुवागाँउपालिका – ६ हिरमिनियामा समेत बाढी पीडितहरुका नाममा राहात वितरण गरिएको छ । बाढी नै नआउने ठाँउमा राहात वितरण गर्नु भनेको चुनावका लागि भोटर खरिद गर्ने कार्य भएको स्थानीय युवा नेता इरफान शेखले आरोप लगाएका छन् । उनले तत्काल छानबिन गरी राज्यको सम्पत्ति दुरुपयोग गर्ने माथि कारवाही लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४     8:24:16 AM  |