देउसी भैलोको रकम मृगौला पिडितलाई सहयोग



कविन्द्र परियारः कोहलपुर,१४ कात्तिक/ राष्ट्रिय लोक दोहोरीगित  प्रतिष्ठान बाँके शाखाले देउसी भैलोमा संकलन गरेको केही रकम मृगौला पीडितलाई सहयोग गरेको छ ।
शाखाले सोमबार ढकेरीमा आयोजना गरेको मैत्रीपुर्ण वनभोज कार्यक्रममा नेपालगंजकी मृगौला पीडित कलाकार उजेली नेपाली सुस्मितालाई शाखाका अध्यक्ष विरेन्द्र सिह ठकुरी र होटेल व्यवसायी संग बाँकेका अध्यक्ष बलराम भट्टराईले सयुक्त रुपमा नगद १० हजार सहयोग प्रदान गरेका हुन ।
होटेल व्यवसायीसंग बाँकेका अध्यक्ष बलराम भट्टराईको प्रमुख आतिथ्यमा भएको मैत्रीपुर्ण वनभोज कार्यक्रममा आएका सहभागीले समेत मृगौला पीडित कलाकार उजेलीलाई सहयोग गरेका छन ।
जस अन्तर्गत कलाकार रुद्र खनालले नगद ५ हजार १ सय २०, चलचित्रकर्मी मिनु मल्लले ५ हजार १ सय, जीवन खनालले ३ हजार, राजन शाहले १ हजार १ सय, लाल बहादुर वि.सी. ले ६ सय ५५ र कोश बहादुर खड्काले ५ सय सहयोग गरेका हुन् । कार्यक्रमा मृगौला पीडीत उजेली भक्कानिदै आफु ७ वर्षकै उमेर देखि कलाकारितामा लागेको अहिले मृगौला पीडित भएकोमा दुख मनाउ गरिन् । उनका श्रीमान कृष्ण सोनीले सहयोग
गरेकोमा शाखालाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमा बोल्दै प्रमुख अतिथि बलराम भट्टराईले देउसीभैलोको रकमबाट शाखाले मृगौला पीडित कलाकारलाई सहयोग गर्नु उदाहरणीय काम भएको बताए ।
होटेल व्यवसायीसंग बाँकेका सचिव खेम शर्माले देउसी भैलोबाट संकलित रकम मृगौला पीडितलाई सहयोग गरेकोमा स्रहना गरे, कार्यक्रमा कलाकार तथा जनप्रतिनिधि बलु घर्तिले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा वरिष्ट कलाकार तथा सञ्चारकर्मी कमल बि के निर्मोही , नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरका अधिकृत गंगा प्रसाद खतिवडा, बसपार्क सुधार समिति कोहलपुर अध्यक्ष कृष्ण रानाभाट पर्यटन पत्रकार बाँकेका उपाध्य कृष्ण ओली लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १४ गते मंगलबार