25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

अन्तराष्ट्रिय स्तरको नृत्य अडिसन हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४  

नेपालगन्ज ,१४ कात्तिक/  चर्चित गायक समिर आचार्यका दुई गीतहरुमा अन्तराष्ट्रिय स्तरको नृत्य प्रतियोगीता गरिने भएको छ । अमेरिकाबाट सञ्चालित युएस खबरअनलाईनले गायक समिरका हालै सार्वजनिक भएका ‘घिन घिन बज्यो मादल’ र ‘मेरो स्टाईल यस्तै छ’ बोलका गीतहरुमा नृत्य प्रतियोगीता गर्न लागेको हो ।नेपालगन्जमा पत्रकार सम्मेलन गरि मंगलबारदेखि प्रतियोगिता सुरु हुने जनाएको छ । यी दुई मध्य कुनै एउटा गीतमा नृत्य गरेर निर्माण गरेको भिडियोका आधारमा पहिलो, दोस्रो र तेस्रो छनौट गरिने छ । प्रतियोगीतामा पहिलो हुने नृत्य समुहले दुई लाख नगद र अष्ट्रेलिया भ्रमणको अवसर पाउने कार्यक्रम संयोजक देवेन्द्र बस्नेतले जानकारी दिए ।
यसैगरि दोस्रो हुने समुहले एक लाख नगद पुरस्कार सहित म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने भएको छ भने तेस्रो हुने समुहले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
आयोजकका अनुसार नृत्य गरेर आयोजक संस्था युएसखबर अनलाईनको आधिकारीक ईमेल वा फेसबुक पेजमा भिडियो पठाउनु पर्ने छ । यसरी प्राप्त भिडियोहरु मध्य निर्णायकहरुले उत्कृष्ट छनौट गर्ने छन्  Sadarline
प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४     7:27:03 AM  |