
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुधिरराज शाहीले राईलाई यही कार्तिक ८ गते जमुनाहा नाकामा चेकजाँच गर्ने क्रममा ३० ग्राम ७ सय ५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जानकारी दिए । त्यस्तै दाङ घोराहीका प्रछाईलाई अनसुन्धानका क्रममा पक्राउ गरिएको हो ।
राईले भारतबाट नेपाल पाइन्टको भित्र अगाडी पट्टि कट्टुको भित्री भागमा प्लाष्टिकको चार वटा पोका बनाइ राखेका थिए । उनलाई नियन्त्रणमा लिइसकेपछि उनको मोबाईलमा बिक्रीकर्ताको आइरहेको कलका आधारमा प्रछाईलाई कार्तिक ९ गते पक्राउ गरिएको प्रहरी प्रवक्ता शाहीले बताए ।
प्रकाशित मिति : २०७४ कात्तिक १४ गते मंगलबार








प्रतिक्रिया दिनुहोस्