23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

उदयपुरमा गाडी दुर्घटना, ८ को मृत्यु, ३ घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४  

उदयपुर, १३ कात्तिक/  उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

घाइते हुनेमा चालकसहित एक जना महिला र ३ वर्षीय बालक छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन ।

घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४     5:32:51 PM  |