19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

दाङमा दुई क्षेत्र एमालेलाई एक क्षेत्र माओवादीलाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४  

दाङ, १३ कात्तिक/ दाङका तीन क्षेत्र मध्ये एमालेले दुई र माओवादी केन्द्रले एक क्षेत्र लिन सहमति भएको छ ।  

नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काका अनुसार एमालेले प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ गरी ६ क्षेत्र र र माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ गरी ३ क्षेत्र लिने छन् ।

एमालेले क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीलाई उम्मेदवार बनाउने भएको छ । प्रदेशतर्फ निर्वाचन क्षेत्र नं १ (क) मा माओवादीका इन्द्रजीत थारु, (ख) मा एमालेका रेवतीरमण शर्मा उम्मेदवार बन्नु हुने भएको छ ।

प्रतिनिधिसभाको लागि क्षेत्र नं २ मा माओवादीका कृष्ण बहादुर महरा उम्मेदवार बन्नु हुने भएको छ ।  प्रदेश तर्फ २ को (क) मा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल र (ख) मा एमालेकै अमर डागी उम्मेदवार बन्ने निश्चित जस्तै भएको छ ।

क्षेत्र नं ३ मा हीराचन्द्र केसी प्रतिनिधिसभाको उम्मेदवार बन्नु हुने भएको छ । क्षेत्र नं ३ (क) मा माओवादी उम्मेदवारले पाउने छ । व्यक्ती चुन्न बाँकी रहेका छ । (ख) मा एमालेका उत्तर ओली उम्मेदवार हुने पक्कापक्की जस्तै छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४     3:48:17 PM  |