23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

माइक्रोबस दुर्घटना, ७ जनाको मृत्यु, ६ घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४  

गुल्मी,१३कात्तिक/  बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको एक यात्रीबहाक माइक्रोबस गुल्मीको बीरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

बा४ख ५५०१ नम्बरको माइक्रोबस सोमबार गुल्मी–दरबार गाउँपालिका वडा नम्बर–४ मा दुर्घटनामा परेको हो ।

दुर्घटनामा अरु ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

दुर्घटनमा मृत्यु हुनेहरुको सनाखत हुन नसकेको र घाइतेहरुको पनि परिचय नखुलेको प्रहरीले जनाएको छ ।

अवस्था हेरेर घाइतेहरुलाई उपचालका लागि तानसेन पठाइएको पनि प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

गाडीमा १३ जना यात्री, चालक र सहचालक गरी १५ जना रहेकोमा दुईजना फेला नपरेको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४     3:09:21 PM  |