23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

लागूऔषध चरेससहित दुई पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४  

बझाङ,१३ कात्तिक/ जिल्ला प्रहरी कार्यालय, बझाङ्गले साढे ४ किलो अवैध चरेससहित २ जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा प्रहरीले उनलाई आइतबार राति बझाङ्गको खोड्पे चैनपुर सडक खण्डमा पर्ने दुर्गाथली गाउँपालिका–२, मौरी बजार नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा छविसपाथिभेरा गाउँपालिका–६ का ५० बर्षिय झब्बर बुढा र स्थानीय ४२ वर्षीय ज्ञानबहादुर बुढा छन् । थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४     2:34:15 PM  |