23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

नेपालगन्ज उद्योग वाणिज्य संघले मनायो स्वर्ण जयन्ती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४  

मिसन समाचारदाता , कोहलपुर, १२ कार्तिक  नेपालगञ्ज उद्योग वाणिज्य संघले आफ्नो स्थापना भएको ५० वर्ष पुगेको अवसरमा शनिबार स्वर्ण जयन्ती मनाएको छ ।
संघको स्वर्ण जयन्ती तथा २५औं र २६औं वार्षिक साधारणसभा समेत एकै पटक मनाएको हो । स्वर्ण महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालगन्जलाई धार्मिक पर्यटनको हबका रुपमा विकास गर्नुपर्ने धारणा राखिन् । नेपालगन्जलाई विकासको करिडोर बनाउन आर्थिक विकास हुन आवश्यक रहेको बताउदै उनले भनिन्–‘आर्थिक समृृद्धि गर्न औद्योगिक क्षेत्रमा लगानी बढाउन आवश्यक छ’ ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले नेपालगन्जले अहिलेसम्म पश्चिम नेपालकै पर्यटकिय क्षेत्रको चिनारीका रुपमा परिचीत गराएको हुनाले पर्यटकहरुको वृद्धिका लागि यस क्षेत्रका पर्यटकिय स्थलमा सुधार गराउनु आवश्यक रहेकोे बताए । बाँके जिल्लाका निजी क्षेत्र एक भएमात्र देश आर्थिक समृद्धि तिर जान सक्ने राणाले दावी गरे । नेपालगन्ज क्षेत्र पर्यटकिय क्षेत्रको प्रवेशद्वारको
रुपमा चिनिएको हुनाले यसलाई अझ समृद्ध बनाउन यस क्षेत्रलाई धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए । वैश्यले नेपालगन्ज विमानस्थलाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नु पर्ने आवश्यक रहेको भन्दै यसको निम्ति सबै नेपालगञ्जबासी एकजुट हुनुपर्ने धारणा राखे । नेपालगन्ज प्रदेश नं. ५, ६ र ७ कै ठुलो आर्थिक कारोवार हुने स्थानको रुपमा विकास भइरहेकोले यसलाई विकासका काममा बढि टेवा दिन सवै एकरुपताका साथ अगाडी बढनुपर्ने आवश्यक रहेको बताए । ५० औं स्वर्ण जयन्ती कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, नेपालगन्ज उद्योग वाणिज्य संघलाई विभिन्न क्षेत्रमा सहयोग गरी योगदान पु¥याएकोमा विभिन्न व्यक्तिलाई सम्मान तथा मायाका चिनो समेत प्रदान गरिएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा भएको कार्यक्रममा हास्यव्यग्य कलाकार जितु नेपाल मुन्द्रे, नेपालगन्ज उपमहानगरापलिकाका मेयर डा. धवल सम्सेर राणा, उपमेयर उमा थापा, बाँकेका प्रमुख जिल्लला अधिकारी रमेश केसी, बाँकेका प्रहरी प्रमुख टेक
बहादुर तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग व्यवसायी, पत्रकार लगायतको सहभागिता
रहेको थियो ।

प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४     11:33:09 AM  |