20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

धादिङ बस दुर्घटनामा ३० को मृत्यु, १२ को सनाखत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ११, २०७४  

 

धादिङको गजुरी–५ घाटनबेसी नजिकै त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृतकमध्ये १२ जनाको सनाखत भएको छ ।

प्रहरीले उपलब्ध गराएको जानकारी अनुसार मृतकहरुको नाम ठेगानाः

१. सिमीकुमारी झा बर्ष ३५ (सप्तरी, तिलाठी)
२. सञ्जीतकुमार झा बर्ष ३८ (सप्तरी, तिलाठी)
३. मञ्जितकुमार झा बर्ष ३३ (सप्तरी, तिलाठी)
४. आदित्य यादव बर्ष ६ (सप्तरी, बोदेबरसाइन नपा)
५. चन्द्ररेखा प्रणामी बर्ष १५ (सप्तरी, बोदेबरसाइन नपा)
६. रमानन्द यादव बर्ष २४ (सप्तरी, नेरैया)
७. पार्वती चौधरी बर्ष २५ (सप्तरी, नेरैया)
८. शुसान चौधरी बर्ष ३ (सप्तरी नेरैया)
९. नरेश मुखिया बर्ष १८ (सप्तरी देउरीमरुवा नपा)
१०. चन्द्रावती झा बर्ष ७४ (सप्तरी, राजवीराज)
११. राजकुमार यादव बर्ष ५० (सिराहा, गोलबजार)
१२. ममतादेवी ठाकुर बर्ष २९ (भारत, मधुवन)

सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बर बस आज, ११ कात्तिक बिहान गजुरी नजिकै घाटबेसीको बाँङ्गेमोड भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको हो ।

बस नदीमा खस्दा घाइते भएका १६ जनाको उद्धार गरिएको छ ।

घाइतेमध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अन्यको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घाइते यात्रुहरुले अत्यधिक गति र चालकको लापरवाहीका कारण बस दुर्घटना भएको बताएका छन् । बसका चालक फरार छन् ।

सानुबाबु तिमिल्सना, धादिङhttp://missiontodaynews.com/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b6%e0%a5%82%e0%a4%b2%e0%a5%80-%e0%a4%a8%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b8-%e0%a4%96%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a5%a7/

http://missiontodaynews.com/%e0%a4%a7%e0%a4%be%e0%a4%a6%e0%a4%bf%e0%a4%99-%e0%a4%ac%e0%a4%b8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d/

प्रकाशित मितिः शनिबार, कार्तिक ११, २०७४     5:02:27 PM  |