24 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

वैजनाथ क्षेत्र नछोडन एमाले कमिटीको चेतावनी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४  

खजुरा क्षेत्रमा माओवादीको दावी

 बाँके, कात्तिक १० – बाँकेमा सिट बाँडफाँडका बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका स्थानीय नेतृत्वले बिरोध जनाएका छन ।  सिट बाँडफाँडका बिषयमा क्षेत्र नम्बर ३ (क) माओवादीलाई दिने सहमति हुन लागेको भन्दै नेकपा एमाले क्षेत्र नम्बर ३(क)प्रदेश संगठन कमिटीले बिज्ञप्ती जारी गरी बिरोध जनाएको छ । माओवादी केन्द्र बाँकेले पनि केन्द्रमा क्षेत्र नम्बर ३(ख) छोडेर ३(क) नलिन नेतृत्वलाई सचेत गराएको श्रोतले जनाएको छ ।  ३(क) मा  ५१ हजार ११७ र ३ (ख) ४४ हजार ३३२ मतदाता

रहेका छन ।   ३ (क)मा बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका वडा नम्बर ४–८ रहेका छन । स्थानीय तह निर्वाचनमा एमालेले १२ वटा वडा मध्ये बैजनाथ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ८ वटा वडामा विजयी भएको थियो ।  माओवादी भने एउटा वडामा सिमित भएको थियो ।
वैजनाथ गाउँपालिकामा स्थानीय तहमा अध्यक्षमा एमालेको ९ हजार ७७२ र माओवादीको ५ हजार ३६३ मत छ । यसैगरी खजुरा गाउँपालिकाका ४ वटा वडामा वडा अध्यक्षले समेत पाएको मत जोडदा सो क्षेत्रमा एमालेको १२ हजार ४२३ र माओवादीको चार हजार कम अर्थात ८ हजार ४०० मत रहेको छ ।  क्षेत्र नम्बर ३(ख)मा भने माओवादी भन्दा एमाले करिब एक हजार मतले मात्रै अगाडी रहेको छ ।  सो क्षेत्रमा खजुरा गाउँपालिकामा १–४, नेपालगन्ज उपमहानगरपालिकामा–१६–१७ वडा सहित जानकी गाउँपालिका पर्दछन ।
स्थानीय तहको निर्वाचनमा जानकी गाउँपालिका ६ वडा मध्ये  अध्यक्ष उपाध्यक्ष सहित ३ मा एमाले विजयी भयो भने १ मा माओवादी बिजयी भयो । खजुरा गाउँपालिकाका ४ मध्ये ३ मा एमाले र १ मा माओवादी विजयी भयो । नेपालगन्जका २ वडामा एमालेले  २६८ मत पाउदा माओवादीले परस्पुरमा ९१० मत पाएर विजयी भयो भने जयसपुरमा ६९७ मत पाएको देखिन्छ ।  समग्रमा सो क्षेत्रमा एमालेको ८ हजार ८९१ मत छ भने माओवादी केन्दले ७ हजार ४९५ मत पाएर एमालेलाई पच्छाईरहेको देखिन्छ ।
मतको आधारमा सिट बाँडफाँड हुन्छ भनेर ढुक्क भएका एमालेका सो क्षेत्रका अगुवा नेता कार्यकर्ताहरु एमाले बलियो भएको क्षेत्र माओवादीलाई दिन लागिएको भन्दै निराश भएका छन । एमाले भन्दा धेरै कमजोर क्षेत्रमा तालमेल गरिदा पार्टी  पराजित हुन सक्ने भन्दै माओवादीको जिल्ला नेतृत्वले  ३ (क) एमालेलाई दिएर ३(ख) आफुले पाउनुपर्ने दावी गर्दै आएको छ । एमाले प्रदेश संगठन कमिटीका संयोजक गुमानबहादुर दमाईले शुक्रबार बिज्ञप्ती जारी गरी  स्थानीय तहको पाप्त मत परिमाणको आधारमा क्षेत्र बाँडफाँड गर्ने सहमती विपरित  एमालेको स्पष्ट बहुमत भएको क्षेत्रमा माओवादीले दावी नगर्दा नगर्दै जबरजस्ती ढंगले गुटगत राजनीतिबाट प्रेरित भई क्षेत्रका केही व्यक्तिहरुको उक्साहटबाट केन्दीय नेतृत्वले क्षेत्र माओवादीलाई दिने निर्णय  गरेमा यसबाट उत्पन्न हुने  परिस्थितीको सामना पार्टी केन्द हुनेछ । विज्ञप्तीमा भनिएको छ ,– दुर्भाग्यपुर्ण निर्णय समयमै सच्चाउन जोडदार माग गर्दछौं ।    लाेकप्रिय सन्देश
प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४     4:53:14 PM  |