नेपालगंज, ९ कार्तिक/  नेपालगन्ज उपमहानगर–पालिकामा व्याप्त गरिबी न्यूनीकरणका लागि संयुक्त राष्ट्र संघका एजेन्सीहरुस“ग साझेदारी प्रस्ताव गरिएको छ ।

नेपालगन्ज उपमहानगर–पालिकाका प्रमुख डा. धवल समशेर राणाले मंगलबार संयुक्त राष्ट्र संघको ७२औं स्थापना दिवसका सन्दर्भमा आयोजित औपचारिक कार्यक्रममा गरिबी न्यूनीकरणका लागि साझेदारी प्रस्ताव गरेका हुन् । ‘आर्थिक सीमितताले नेपालगन्जमा विकासले अपेक्षित गति लिन सकेको छैन’, नगर प्रमुख डा. राणाले सरोकारवालाहरु बीच भने, ‘राष्ट्रसंघले स्थानीय स्तरमा पनि गरिबी न्यूनीकरणका लागि विकासका विभिन्न आयाममा साझेदारी गरिदिए हुन्थ्यो ।’ डा. राणाले महिला र बालबालिकाका क्षेत्रमा राष्ट्रसंघले उल्लेख्य काम गर्न सक्ने विश्वास व्यक्त गरे । ‘गरिबीको रेखामूनि रहेका नागरिकहरुका लागि हामी पनि केही गर्न चाहन्छौं’, डा. राणाले त्यसमा राष्ट्रसंघका स्थानीय कार्यालयहरुको ध्यानाकर्षण गराउ“दै भने । राष्ट्रसंघको भूमिका प्रति आभार व्यक्त गरेका नगर प्रमुख डा. राणाले विश्वलाई एक सुत्रमा बा“ध्ने र शान्ति स्थापनामा खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।

यूएनडिपीका एससीडिपी परियोजना प्रमुख सतिश पाण्डेले दिगो विकासका लक्ष्यहरुमा स्थानीय तहहरुस“ग अझ सुदृढ सहकार्य गरेर अगाडी बढ्ने विश्वास व्यक्त गरे । कार्यक्रममा यूएनडिपि फिल्ड अफिस प्रमुख पदम विश्वकर्मा, रुल अफ ल कार्यक्रमका क्षेत्रीय संयोजक सीमा धामी, साझेदार संस्था बासका कार्यकारी निर्देशक नमस्कार शाह, यूएनडिपीका पूर्व कर्मचारी आशिष बर्मा लगायतले बोलेका थिए ।

बाकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका सुरक्षा अधिकारी, विभिन्न विकासे संस्थाका प्रतिनिधि, पत्रकार, अधिकारकर्मी, कानुन व्यवसायी लगायतको सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथि केसी र नगर प्रमुख डा. राणाले राष्ट्र संघको ७२औं बार्षिकोत्सव जनाउने केक काटेर उत्सव शुभारम्भ गरेका थिए। Nepalgunjnews