19 September 2021  |   आइतवार, अशोज ३, २०७८

शिविरबाट डेढ सय बढी जेष्ठ नागरिक लाभाम्बित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४  

शिविरमा अधिकांश प्रेसरका विरामी

 

स्वास्थ्य शिविरमा जेष्ट नागरिकको चिकित्सक । तस्विर ः मिसन

भीम रावत, कोहलपुर, ०९ कार्तिक/ कोहलपुर नगरपालिकाको आयोेजनामा बुधबार कोहलपुर नगरपालिका वडा नं.३ र ४ को लागि स्वास्थ्य चौकी रझेनामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट ८२ महिला र ७७ परुष गरी १ सय ५९ जनाले स्वास्थ्य लाभ लिएका छन् ।
शिविरबाट ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुले सेवा लिने कार्ययोजना भएपनि बुधबारको शिविरबाट ७० वर्षभन्दा कम उमेरका एकल महिलाहरुलाई पनि स्वास्थ्य लाभ लिने अवसर दिइएको थियो । कोहलपुर नगरपालिका–३ मदन चोकका ९७ वर्षिय नन्दलाल अधिकारीले विरामी चेकजाँच गर्ने पर्चा समाएर उद्घाटन गरिएको सो शिविरमा नगरपालिका वडा नम्बर ३ र ४ का जेष्ठ नागरिकहरुले आफ्नो निःशुल्क स्वास्थ्य परिक्षण गराउनुका साथै निःशुल्क औषधी समेत प्राप्त गरेका छन् ।
शिविरमा आफ्नो स्वास्थ्य परिक्षण गराउन आएकी कोहलपुर नपा–३ मदनचोककी नन्दकली गाहामगरले आफू आँ

खा दुख्ने र थाईराइडको शंका लागेर आएको डाक्टरले यो औषधी खानुहोस्
निको हुन्छ भन्नु भएको छ भन्दै औषधी देखाइन् । उनले यस्तो निःशुल्क शिविर महिनै पिच्छे भइदिए घर नजिकै आफूलाई चेक गराउन सजिलो हुने बताइन् ।
त्यस्तै मदनचोककै दिलसरा जैसी पनि आफू पेट दुख्ने, खुट्टा दुख्ने र रिङ्गाटा लाग्ने भएकाले चेक गराउन आएको बताइन् । डाक्टरले चेक गरेर औषधी दिनु भएकोछ, निको हुन्छ भन्नु भएको छ भन्दै डाक्टरले आफ्नो बारेमा धेरै कुरा नसोधेकोमा उनको गुनासो थियो ।
मदन चोककै बिजिराम आचार्यले पनि पेट पोल्ने, कम्मर दुख्ने, हातखुट्टा दुख्ने, रिङ्गाटा लाग्ने भएकाले चेक गर्न आएको बताए । त्यस्तै अर्का वृद्ध हस्त बहादुर बुढाले मुटु पोल्ने र मुखबाट अमिलो पानी आउने समस्या भएकोले चेक गराउन आएको, डाक्टरले ग्याष्ट्रिकले यस्तो हुन्छ भन्दै ग्याष्ट्रिकको औषधी दिएको बताए । साथै उनी आफ्नै गाउँघरमा नगरपालिकाले निःशुल्क रुपमा शिविर चलाएकोमा धन्यवाद समेत दिए ।
कोहलपुर नगरकार्यपालिका सदस्य लिला पाण्डेले भनिन्–‘म आज दिनभरि शिविरमा छु, शिविरमा आएका जेष्ठ नागरिकहरुको आँखा, कान दुख्ने र छाला चिलाउँने बढी पाइयो, आँखा र कानको छुट्टै शिविर चलाउनु पर्ने आवश्यक देखियो’ । स्वास्थ्य शिविरमा संलग्न कोहलपुर नगर स्वास्थ्यका गौरी शंकर मण्डलका अनुसार बुधबारको शिविरमा अधिकांश विरामी प्रेसर र दादका पाइएका छन् । कोहलपुर नगरपालिकाले सञ्चालन गरिरहेको विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविरमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका विशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परिक्षण गरिरहेका छन् ।
बुधबारको शिविरमा शिक्षण अस्पतालका विशेषज्ञ डा.राम कुमार दास र अनिल शंखदेवले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । बुधबारको शिविरको उद्घाटन कार्यक्रम कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा भएको थियो ।
उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवम् वडा नं.१० का अध्यक्ष निम बहादुर चलाउने, ११ का अध्यक्ष कर्ण बहादुर थापा, ३ का अध्यक्ष एवम् नगरकार्यपालिकाका प्रवक्ता माधव रिजाल, ४ अध्यक्ष तिरथराम थारु, वडा नं.३ र ४ का जनप्रतिनिधि समेतको सहभागिता रहेको नगरकार्यपालिका सदस्य लिला पाण्डेले बताइन् ।

प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४     12:58:44 PM  |