कटुवा पेस्तोलसहित एक भारतीय पक्राउ



नेपालगन्ज, ८ कार्तिक/  संघीय इकाई प्रहरी कार्यालय नेपालगन्जले जानकी गाउँपालिका–६ डिठ्ठापुर चोकबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बहराईच जियागाउँ बस्ने २५ वर्षीय रमजान खान रहेका छन् ।प्रहरीले खानसंग अबैध हतियार भएको सूचनाको आधारमा चेकजाँच गर्दा अवैध पेस्तोल फेला पारेको हो । अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक ८ गते बुधबार