18 September 2021  |   शनिबार, अशोज २, २०७८

ब्राजिलमा अढाई सय मानिस एकसाथ पुलबाट हाम्फाले (भिडियोसहित हेर्नुहोस)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४  

कीर्तिमान कायम गर्ने तरिका फरक–फरक हुन्छन् । ब्राजिलमा हालै मात्र पुलबाट हाम्फालेर मानिसहरुले कीर्तिमान कायम गरेका छन् । ३० मिटर अग्लो पुलबाट एकसाथ २ सय ४५ जना मानिसले हाम्फालेर विश्व कीर्तिमान कायम गरेका हुन् ।

दक्षिणपूर्वी राज्य साओपाओलोमा यो कीर्तिमानी कार्य गरिएको हो ।

सबै मानिसहरुले एकसाथ एक डोरीमा समाएर पुलबाट हाम्फालेका थिए । उनीहरु भुइँमा भने बजारिएनन् । डोरीमा बाँधिएका हुनाले पिङ खेलिरहे ।

आयोजकका अनुसार, त्यसक्रममा २० किलोमिटर लामो डोरीको प्रयोग गरिएको थियो ।

आयोजकले यतिधेरै मानिसले पुलबाट हाम्फालेको पहिलो घटना भएको भन्दै विश्व कीर्तिमानको दाबी गरेको छ ।

गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले भने यसलाई आधिकारिकता दिन बाँकी नै छ । यसअघि सोही ठाउँमा यसैगरी १४९ जना मानिसले सामूहिक रुपमा पुलबाट हाम्फालेर कीर्तिमान कायम गरेका थिए ।

हेरोँ भिडियो

प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४     2:15:47 PM  |