19 September 2021  |   आइतवार, अशोज ३, २०७८

झापामा डेंगुका कारण १ जनाको मृत्यु, ३ सय बढी सङ्क्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४  

कात्तिक, ८ झापा/   झापामा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । अर्जुनधारा-७, डाँडागाउँकी ३७ वर्षीया सुनिता बरालको मृत्यु भएको हो ।

त्यहाँबाट थप उपचारका लागि भोलिपल्ट नोबेल मेडिकल कलेज, बिराटनगरमा रेफर गरिएको थियो ।सुनिता गत कात्तिक ५ गते बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना भएकी थिइन् ।

उनको उपचारका क्रममै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका महामारी रोग फोकल पर्सन कुलबहादुर पौडेलले बताए ।

कार्यालयका अनुसार अहिलेसम्म झापामा ३४१ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ । ‘यो तथ्याङ्क दुई दिनअघिको हो’, उनले पौडेलले भने, ‘डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा छ ।’

प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४     12:32:11 PM  |