19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाँकेमा घुस सहित विद्युतका कर्मचारी पक्राऊ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४  

  

कोहलपुर/   नेपाल विद्युत प्राधिकरण, खजुरा नोलाइट शाखा बाँकेका प्राविधिक (तेश्रो तह), पदमा कार्यरत जयराम न्यौपाने ९ हजार घुसरकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग विद्युत मिटर जडान गरिदिने भन्दै घुस माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा पक्राउ परेका न्यौपानेमाथि अनुसन्धान जारी रहेको अख्तियार आयोगले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४     6:40:01 PM  |