19 September 2021  |   आइतवार, अशोज ३, २०७८

बागेश्वरी मन्दिरको चलअचल सम्पत्ति खोजी हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४  

  

नेपालगन्ज/   पश्चिम नेपालकै धार्मिक आस्थाको धरोहर नेपालगन्जस्थित बागेश्वरी मन्दिरको चलअचल सम्पत्ति खोजी हुने भएको छ । केन्द्रीय गुठी संस्थान काठमाडौंले बागेश्वरी मन्दिर गुठी व्यवस्थापनका लागि नयाँ समिति गठन गरेपछि सुरुदेखि हालसम्मको सम्पत्ति छानबिन गरिने भएको हो । नेपालगन्ज उप महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा गठित १५ (पन्ध्र) सदस्यीय बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।
बागेश्वरी मन्दिर गुठीको नाममा रहेको चलअचल सम्पत्ति छानवीन तथा खोजीका लागि उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि, मालपोत कार्यालयका प्रतिनिधि, उच्च अदालत वार एसोसिएसनका प्रतिनिधि तथा गोपालप्रसाद अधिकारी सदस्य रहेको समितिले बागेश्वरी मन्दिरको सम्पत्ति विवरण तयार गर्ने बताइएको छ ।
साथै बैठकले बागेश्वरी मन्दिरको इतिहास झल्कने ब्रोसर प्रकाशन, मन्दिरको सरसफाइ, मन्दिरको भौतिक पूर्वाधार विकासलगायतका कार्यसमेत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४     2:05:50 PM  |