20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नेपालगन्ज उपमहानगरको नगर सभा कात्तिक २२ गते हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४  

नेपालगन्ज/  नेपालगन्ज उपमहानगरपालिकाको नगरसभा यही कात्तिक २२ मा हुने भएको छ । ६ कात्तिकमा बसेको उपमहानगरपालिकाको बोर्ड बैठकले गरेको निर्णयअनुसार हरेक वडाको वडा भेला गर्दै बजेट, नीति र कार्यक्रम तय गर्ने भएको हो ।

विभिन्न कारणलेरोकिएको नगरसभाको तयारी पूरा भएकाले मिति तोकिएको प्रमुख डा.धवल शम्शेर राणाले जानकारी दिए । वडा गत बजेट, वडा भेला, विकास निर्माणका कार्यलगायतका विषयलाई व्यापक छलफल गरिएको उनले बताए । उनका अनुसार नेपालगन्जको मुहार फेरिने गरी नयाँ बजेट तथा कार्यक्रम ल्याइनेछ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४     1:48:34 PM  |